२०८३ मंसिर ८, सोमबार

संविधानको धारा १६८ (३) अनुसार नियुक्त यादवले प्रदेश प्रमुखबाट शपथ लिए

मधेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले लिए शपथ

मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले लिए पद तथा गोपनीयताको शपथ
मधेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले लिए शपथ

६ मंसिर, जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेश प्रमुख डा. सुरेन्द्रलाल कर्णले आज यादवलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

संविधानको धारा १६८ को उपधारा (३) बमोजिम प्रदेशसभाको ठूलो दलको संसदीय नेताको हैसियतमा जसपा नेपालका संसदीय दलका नेता यादवलाई शनिबार प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गरेका थिए ।

मुख्यमन्त्री नियुक्त भएसँगै यादवले आज पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस