
माघ १९, काठमाडौँ / साउदी अरबको भ्रष्टाचार नियन्त्रण प्राधिकरण (नजाहा) ले भ्रष्टाचार गरेको आरोपमा १२७ जना सरकारी कर्मचारीलाई पक्राउ गरेको छ । प्राधिकरणद्वारा सार्वजनिक विज्ञप्ति अनुसार जनवरी महिनाको अन्त्यतिर विभिन्न सरकारी कार्यालयहरूमा १ हजार ५४३ वटा अनुगमन तथा निरीक्षण गरेपछि उनीहरूलाई पक्राउ गरिएको हो । यस क्रममा घुसखोरी र पदको दुरुपयोगसँग सम्बन्धित थुप्रै उजुरी तथा प्रमाण फेला परेका थिए । पक्राउ परेका कर्मचारीहरू रक्षा मन्त्रालय, गृह मन्त्रालय, नगरपालिका तथा आवास मन्त्रालय, शिक्षा मन्त्रालय र स्वास्थ्य मन्त्रालयलगायत विभिन्न मन्त्रालयमा कार्यरत रहेका छन् ।