२०८२ बैशाख ७, आईतबार
नेपाल सुनचाँदी व्यवसायी महासंघ

सुनको मूल्य २७०० रुपैयाँ बढ्यो

सुनको मूल्य हालसम्मकै उच्च भएको महासंघको भनाइ छ
सुनको मूल्य २७०० रुपैयाँ बढ्यो

३ वैशाख काठमाडौँ / नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा २७०० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य बढेर तोलामा १ लाख ८७ हजार रुपैयाँ कायम भएको हो । मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८४ हजार ३०० रुपैयाँ कायम भएको थियो ।

बुधबार कायम भएको सुनको मूल्य हालसम्मकै उच्च भएको महासंघको भनाइ छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर १ लाख ९५५ रुपैयाँ कायम भएको हो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस