२०८२ अषाढ १७, मंगलबार

२ रनले बेंग्लुरूले चेन्नईलाई हराउँदै शीर्ष स्थानमा

रोयल च्यालेन्जर्स बेंग्लुरू इण्डियन प्रिमियर लिग (आइपिएल)को अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ ।
२ रनले बेंग्लुरूले चेन्नईलाई हराउँदै शीर्ष स्थानमा

२१ वैशाख काठमाडौँ / रोयल च्यालेन्जर्स बेंग्लुरू इण्डियन प्रिमियर लिग (आइपिएल)को अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ ।

गएराति चेन्नई सुपर किंग्सलाई २ रनले पराजित गर्दै बेंग्लुरू शीर्ष स्थानमा उक्लिएको हो । बेंग्लुरूविरूद्ध जितका लागि २१४ रनको लक्ष्य पाएको चेन्नईले अन्तिम तीन बलमा ६ रन जोड्न नसक्दा पराजय ब्यहोर्न पुग्यो ।

अन्तिम ओभरको तेस्रो बलमा कप्तान महेन्द्रसिंहको विकेटपछि चेन्नई दबाबमा देखिएको थियो । उनको विकेटपछि आएका शिबम दुबेले चौथो बलमा छक्का हाने । यश दयालको बलिङ नो बल हुन पुगेपछि चेन्नई जित नजिक पुगेको थियो ।

अन्तिम तीन बलमा जितका लागि ६ रन आवश्यक थियो । तर चेन्नईले तीनै बलमा एक/एक रन मात्रै बनाउँदा पराजित भएको हो । चेन्नईका लागि रविन्द्र जडेजाले नट आउट ७७ रन बनाएका थिए। उनले ४५ बलमा ८ चौका र २ छक्का हाने ।

बलिङतर्फ लुंगी एन्गिडीले तीन तथा क्रुनाल पाण्डे र यश दयालले एक/एक विकेट लिए । पहिले ब्याटिङ गरेको बेंग्लुरूले ५ विकेट गुमाएर २१३ रन बनाएको थियो । बेंग्लुरूका लागि ओपनरद्वय जेकब बेथेल र विराट कोहलीले अर्धशतक बनाए ।

कोहलीले ३३ बल खेलेर ५ चौका र ५ छक्का प्रहार गरी ६२ रन बनाए। बेथेलले ३३ बलमा ८ चौका र २ छक्का प्रहार गरी ५५ रन जोडे । रोमारियो शेफर्डको ब्याटिङ उत्कृष्ठ रह्यो। उनले १४ बलमा ४ चौका र ६ छक्का हानेर ५३ रन जोड्दै नट आउट रहे । देवदत पाडिकलले १७ र कप्तान रजत पाटीदारले ११ रनको योगदान गरे ।

बलिङतर्फ चेन्नईका मथिशा पाथिरनाले तीन तथा नूर अहमद र साम करणले एक/एक विकेट लिए । शीर्ष स्थानमा उक्लिएको बेंग्लुरूले ११ खेलबाट १४ अंक जोडेको छ । समान खेलबाट ४ अंक जोडेको चेन्नई पुछारमा छ । उसले प्रतियोगिताभरि जम्मा दुई खेलमात्र जितेको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस