२०८२ अषाढ १७, मंगलबार

भारत–पाकिस्तान तनावका कारण आइपिएल क्रिकेट स्थगित

अझै आइपिएलमा १२ लिग खेल बाँकी रहेका छन् ।
  • दृष्टि नेपाल
  • २०८२ बैशाख २६, शुक्रबार
भारत–पाकिस्तान तनावका कारण आइपिएल क्रिकेट स्थगित

२६ वैशाख काठमाडाैँ  /भारत– पाकिस्तानबिच युद्धको सुरुवात भएसँगै भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले अनिश्चितकालका लागि आइपिएल स्थगित गरेको जनाएको छ ।

अझै आइपिएलमा १२ लिग खेल बाँकी रहेका छन् । यस्तोमा प्रतियोगिताको फाइनल २५ मे’मा हुने कार्यतालिका रहेको थियो । यो जानकारी पिटीआइ ले बीसीसीआइको सुत्रको हवाला दिँदै समाचार बनाएको हो ।

बीसीसीआइका एक अधिकारीले पिटीआइलाई भने,’देश युद्धको अवस्थामा रहँदा क्रिकेट चलिरहनु राम्रो कुरा होइन ।’ यसअघि दिल्ली र पञ्जाबबिचको खेल बिहीबार राति रद्ध गरिएको थियो ।

१०.१ ओभरको खेल जारी रहँदा पञ्जाबले १ विकेट गुमाएर १ सय २२ रनको उत्कृष्ट स्कोर बनाउँदा पाकिस्तानले विभिन्न भागमा आक्रमण गरेपछि ‘ब्ल्याक आउट’ गरिएको थियो ।
जसका कारण फ्लडलाइट बन्द गरेर समर्थक र खेलाडीलाइ मैदानबाट बाहिर पठाइएको थियो । यो खेल ५८ औं लिग म्याचका रुपमा रहेको थियो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस