२०८२ अषाढ १७, मंगलबार

युद्धविरामपछि पनि जम्मू–कश्मिरमा उच्च सतर्कता

भारत–पाकिस्तानबीच युद्धविराम भए पनि भारत प्रशासित जम्मू–कश्मिर क्षेत्रमा अझै उच्च सतर्कता अपनाइएको बताइएको छ ।
  • दृष्टि नेपाल
  • २०८२ बैशाख २८, आईतबार
युद्धविरामपछि पनि जम्मू–कश्मिरमा उच्च सतर्कता

२८ वैशाख काठमाडौँ / भारत–पाकिस्तानबीच युद्धविराम भए पनि भारत प्रशासित जम्मू–कश्मिर क्षेत्रमा अझै उच्च सतर्कता अपनाइएको बताइएको छ ।

चार दिनमा उत्कर्षमा पुगेको भारत–पाकिस्तान तनाव शनिबार साँझ ५ बजेदेखि अकास्मात् युद्धविराम भएपछि रोकिएको थियो । जम्मू–काश्मिरको भारत–पाकिस्तान सीमा क्षेत्रमा अझै पनि उच्च सतर्कता अपनाइएको भारतीय अनलाइन हिन्दुस्तान टाइम्सले जनाएको छ । त्यहाँ सीमा सुरक्षा बललाई उच्च सतर्कता र तयारी अववस्थामा राखिएको भनिएको छ ।

सीमा क्षेत्रबाट ’आतंकवादी समूह’ जैश–ए–मोहम्मदका ’आतंककारी’ घुसपैठ गर्ने सक्ने जोखिमलाई मध्यनजर गरेर ती क्षेत्रहरूमा उच्च सचतर्कता अपनाइएको हिन्दुस्तान टाइम्सले जनाएको छ ।

शनिबार युद्धविराम भए पनि पाकिस्तानले जम्मू–कश्मिरको श्रीनगर लगायतका क्षेत्रहरूका हवाइ आक्रमण गरेको रिपोर्टहरू सार्वजनिक भएका थिए । राति नै आकाशमा पाकिस्तानी ड्रोनहरू देखिएपछि सिमाक्षेत्रका विभिन्न ठाउँहरूमा ब्ल्याकआउट गरिएका थिए । पठानकोट, गुरदासपुर, बठिन्डा लगायत क्षेत्रमा साइरन बजाइएका थिए ।
पाकिस्तानले युद्धविराम उल्लंघन गरेको आरोप लगाउँदै शनिबार नै भारतले आफ्नो प्रतिरक्षा प्रणालीहरूलाई सक्रिय गराएको थियो ।

पछि पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरिफले युद्धविरामको स्वागत गर्दै एक्समा पोस्ट गरेपछि विदेश मन्त्रालयबाट युद्धविराममा प्रतिबद्ध रहेको ब्यहोरासहितको विज्ञप्ति सार्वजनिक भएको भनेर हिन्दुस्तान टाइम्सले लेखेको छ ।

आइतबार बिहान भने भारतका कुनै पनि ठाउँमा धमाकाहरू नसुनिएको र मानिसहरू आफ्नो काममा फर्किएको बताइएको छ । भारत–पाकिस्तानबीच युद्ध रोक्ने सहमति भएको र बाँकी विषयमा वार्ता गर्ने वा अरू छलफल गर्नेबारे कुरा नभएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस