१६ जेठ काठमाडौं / यो वर्षको मनसुन बिहीबार राति नेपाल प्रवेश गरेको छ । मनसुन पूर्वबाट प्रवेश गरी कोसी प्रदेशका अधिकांश भूभागमा विस्तार भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसको फलस्वरूप कोसी प्रदेशका अधिकांश मौसम केन्द्रहरूमा हल्कादेखि मध्यम मनसुनी वर्षा भएको अवस्था छ, महाशाखाले शुक्रबार दिउँसो जारी गरेको बुलेटिनमा उल्लेख छ ।
यसपालि औसत मिति (जुन १३) भन्दा १५ दिनअगावै मनसुन नेपाल भित्रिएको छ । गत वर्ष जेठ २८ गते अर्थात् औसत मितिभन्दा तीन दिन छिटो (जुन १०) मनसुन नेपाल भित्रिएको थियो ।