
६ असार / काठमाडाैँ सुन तस्करी प्रकरणमा फरार आरोपी अमला रोका शुक्रबार पक्राउ परेकी छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले रोकालाई काठमाडौंबाट पक्राउ गरेको बताएको छ । रोल्पा थबाङकी रोका ६१ किलो सुन तस्करी प्रकरणमा जोडिएकी थिइन् । उनी बेल्जियन नागरिक दावा छिरिङकी पत्नी हुन ।
अमला माओवादीका रोल्पाली नेताहरूसँगको नाता जोडेर सुन तस्करीमा संलग्न भएकी थिइन । उनले नक्कली सहिद पत्नी भएर सरकारी राहातसमेत लिइकी थिइन ।