२०८२ अषाढ १७, मंगलबार

भारतको रुद्रपुरमा नेपालीलाई बन्धक बनाइएको आशंका

भारतको उत्तराखण्ड राज्यस्थित रुद्रपुरमा एक गिरोहले ठूलो संख्यामा नेपालीलाई बन्धक बनाएको खुलेको छ ।
भारतको रुद्रपुरमा नेपालीलाई बन्धक बनाइएको आशंका

८ असार काठमाडौं / भारतको उत्तराखण्ड राज्यस्थित रुद्रपुरमा एक गिरोहले ठूलो संख्यामा नेपालीलाई बन्धक बनाएको खुलेको छ । गिरोहले आकर्षक रोजगारीको प्रलोभन देखाउँदै नेपालीलाई भारतको रुद्रपुर पुर्‍याएका हुन् । तिनले उल्टो बन्धक बनाउँदै रकम असुल गरेको खुलेपछि नेपालीको खोजी कार्य भइहेको छ ।

ठूलो संख्यामा नेपालीलाई रुद्रपुरमा बन्धक बनाइएको सूचना हामीले प्राप्त गरेका छौँ । यो संख्या डेढ दुई सयको हाराहारीमा रहेको अनुमान छ,” भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासका उपनियोग प्रमुख सुरेन्द्र थापाले भने ।

सूचना प्राप्त भएलगत्तै स्थानीय गैरसरकारी संस्था र प्रहरीको सहयोगमा बन्धक बनाइएका नेपालीको खोजी कार्य सुरु गरिएको छ । “रोजगारीको बहानामा बोलाउँदै सम्बन्धित ठाउँमा पुर्‍याएपछि बैंक खाता खोल्न, आधार कार्ड बनाउन भन्दै घरबाट पैसा मगाउन लगाउने गरेको पाइएको छ,” उपनियोग प्रमुख थापाले भने ।

गिरोहले भनेबमोजिम पैसा मागेर नबुझाए उनीहरूमाथि कुटपिट समेत हुने गरेको छ । गिरोहले बन्धक बनाएका एक नेपाली भागेर स्थानीय एनजीओमार्फत दूतावास आउन सफल भएपछि यो सबै खुलेको थियो ।

यही असार ५ गते मात्र रुद्रपुर नजिकैको भारतीय सहर काशीपुरबाट यसैगरी बन्धक बनाइएका ३५ जना नेपाली युवाहरूलाई स्थानीय एनजीओ र प्रहरीको सहयोगमा उद्धार गरिएको थियो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस