२०८२ अषाढ १७, मंगलबार

अमला रोक्कालाई दुई लाख धरौटीमा छाड्न आदेश

६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोक्कासँग २ लाख रुपैयाँ धरौटी माग गरिएको छ ।
अमला रोक्कालाई दुई लाख धरौटीमा छाड्न आदेश

९ असार काठमाडाैँ / ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोक्कासँग २ लाख रुपैयाँ धरौटी माग गरिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश बलराम लम्सालको इजलासले रोक्कालाई दुई लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

उनले धरौटी बुझाए पनि छुटेकी भने छैनन् । सम्पत्ति शुद्धीकरण विभागबाट पत्र आएको भन्दै उनलाई पठाइएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) प्रवक्ता एसपी युवराज खड्काले जानकारी दिए ।

‘दुई लाख धरौटी माग भएको थियो । धरौटी बुझाइसक्नुभयो, उहाँलाई सम्पत्ति शुद्धीकरण विभागमा पठाएका छौं,’ उनले भने । सिआइबीले उनलाई गत शुक्रबार काठमाडौंको टोखाबाट पक्राउ गरेको थियो । डेढ वर्षभन्दा लामो समयदेखि फरार रहेकी उनलाई सिआइबीले पक्राउ गरी आइतबार अदालतमा पेस गरेको थियो ।
सोमबारसम्म चलेको थुनछेक बहसपछि न्यायाधीश लम्सालले धरौटी माग गरेका थिए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस