२०८२ अषाढ १९, बिहिबार

उडान रद्द भएपछि विमानस्थलमा यात्रुको बिचल्ली

इरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डामा आक्रमण गरेपछि नेपालका उडानहरू समेत प्रभावित भएका छन् ।
उडान रद्द भएपछि विमानस्थलमा यात्रुको बिचल्ली

१० असार काठमाडौँ / इरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डामा आक्रमण गरेपछि नेपालका उडानहरू समेत प्रभावित भएका छन् । गएराति इरानले कतारमा रहेका सैन्य अड्डामा मिसाइल प्रहार गरेको थियो । त्यसपछि कतारले अस्थायी रूपमा हवाइ क्षेत्र बन्द गरेको थियो ।

जसकारण नेपालबाट कतार, दोहा उड्ने उडानहरू रद्द भएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक एवं प्रवक्ता रिन्जी शेर्पाले हिजो बेलुका र आज बिहानको कतार, दोहा उडान बन्द भएको बताए ।

‘नेपाल एयरलाइन्स, हिमालयन एयरलाइन्सका उडान थिए, ती रद्द भए,’ उनले भने, ‘आज बिहान दोहाबाट काठमाडौं आउने कतार एयरलाइन्सको उडान पनि रद्द भएको छ ।’
उडान रद्द भएपछि यात्रुहरू रातभरि विमानस्थलमै बसेका थिए । यात्रुहरूको उडान कहिले हुन्छ भन्ने टुंगो नलागेको र एयरलाइन्सले समेत सम्पर्क नगरेको गुनासो उनीहरूको छ । नेपाल एयरलाइन्सले मंगलबार बिहान एक सूचना जारी गर्दै काठमाडौंबाट दोहा जाने आरए २३९/२४० उडान रद्द भएको बतायो। उक्त उडान मंगलबार मध्याह्न १२ बजे हुने बताएको छ ।

‘उक्त उडान आज दिउँसो १२ः०० बजे सञ्चालन हुने भएकोछ । यात्रुहरूलाई समयमै विमानस्थलमा उपस्थित हुनुहुन अनुरोध छ । यसबाट यात्रुलाई पर्नगएको असुविधाप्रति निगम परिवार क्षमायाचना गर्दछ,’ सूचनामा भनिएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस