२०८२ अषाढ १७, मंगलबार

एमालेले बोलायो सचिवालय बैठक

नेकपा एमाले विधान अधिवेशनको तयारीका लागि सचिवालय बैठक बोलाएको छ ।
एमालेले बोलायो सचिवालय बैठक

१० असार काठमाडौँ / नेकपा एमाले विधान अधिवेशनको तयारीका लागि सचिवालय बैठक बोलाएको छ । एमाले सचिवालय बैठक बुधबार दिउँसो १ बजे पार्टी मुख्यालय च्यासलमा बोलाइएको हो ।

बुधबार बस्ने बैठकमा विधान अधिवेशनबारे छलफल हुने केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार भोलि बस्ने बैठकमा विधान संशोधन प्रस्ताव, राजनीतिक, सांगठनिक प्रस्ताव तयार पार्नेबारे छलफल हुनेछ ।

‘भोलि बस्ने बैठकमा विधान संशोधन प्रस्ताव, राजनीति र सांगठनिक प्रस्ताव तयार पार्नेबारे छलफल हुनेछ । सचिवालय आफैले प्रस्ताव तयार र्पा पनि सक्नेछ, समिति बनाउन पनि सक्नेछ,’ उनले भने ।

गत माघ ८ गते बसेको सचिवालय बैठकले दोस्रो विधान अधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको सनराइज हलमा हुँदैछ । विधानतः विधान महाधिवेशन हुनु एक महिनाअगाडि नै विधान संशोधन प्रस्ताव सुझावका लागि तल्ला कमिटीमा पठाइसक्नुपर्नेछ । चितवनमा भएको दसौं महाधिवेशनका प्रतिनिधि नै यो विधान महाधिवेशनका प्रतिनिधि हुनेछन् ।

एमालेभित्र ७० वर्षे उमेरहद राख्ने कि फुकुवा गर्ने भन्ने बहस चलेको छ । त्यस्तै कार्यकारी कमिटीमा लगातार दुई वर्षभन्दा बढी बस्न नमिल्ने प्रावधान राख्नुपर्ने पनि आवाज उठिरहेको छ । एमालेको नवौं महाधिवेशनमा यी दुवै प्रावधान थियो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस