२०८२ अषाढ १९, बिहिबार

नेतृत्वको बहस रोक्न एमाले महासचिव पोखरेलको निर्देशन

नेतृत्वको बहस रोक्न एमाले महासचिव पोखरेलको निर्देशन

१८ असार काठमाडौँ / नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय महाधिवेशनको मिति तय भइनसकेकोले नेतृत्वको बहस पूर्णत रोक्न निर्देशन दिएका छन् । नेकपा एमाले बागमती प्रदेश कमिटीको भर्चुअल बैठकलाई बुधबार सम्बोधन गर्दै पोखरेलले यस्तो निर्देशन दिएका हुन् ।

महासचिव पोखरेलले अहिले नेतृत्वको विषयमा छलफल होइन विधि र विधानका बारेमा बहस गर्नुपर्ने पनि बताए । ‘राष्ट्रिय महाधिवेशनको मिति निर्धारण नभइसकेको अवस्थामा नेतृत्वको बहस पूर्णत रोक्नुपर्छ’, पोखरेलको भनाइ छ ।

भदौ २०–२२ गतेलाई विधान महाधिवेशन तय भएकोले सबै नेता कार्यकर्तालाई पार्टीको नीति र विधि निर्माणमा केन्द्रित हुन पनि महासचिव पोखरेलले निर्देशन दिए । महासचिव पोखरेलले राजनीतिक र सांगठानिक प्रतिवेदन केन्द्रीय कमिटीबाट सिधै विधान महाधिवेशनमा प्रस्तुत हुने जानकारी दिए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस