२०८२ अषाढ १९, बिहिबार

पत्रकार दिलभूषण पाठक अदालतमा हाजिर

पत्रकार दिलभूषण पाठक अदालतमा हाजिर भएका छन् ।
पत्रकार दिलभूषण पाठक अदालतमा हाजिर

१९ असार काठमाडौँ / पत्रकार दिलभूषण पाठक अदालतमा हाजिर भएका छन् । उनी बिहीबार बिहान काठमाडौं जिल्ला अदालतमा हाजिर भएका अदालत स्रोतले जानकारी दिएको छ । पाठकविरूद्ध सोमबार काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयलले साइबर अपराधको मुद्दा दर्ता गरेको थियो ।

त्यसअघि नेपाल प्रहरीको साइबर ब्युरोले असार १३ गते जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । पाठकलाई पक्राउ नगरी उनीविरूद्ध मुद्दा दर्ता गरिएको थियो ।

गत जेठ २८ गते उनीविरूद्ध विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा पक्राउ पुर्जी जारी भएको थियो । पाठकले ‘टफ टक विथ् दिलभूषण पाठक’ नामको युट्युब च्यानलमार्फत हिलटन होटल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाबारे भिडिओ रिपोर्ट प्रसारण गरेका थिए । त्यही भिडिओबारे उजुरी परेपछि उनीविरूद्ध ब्युरोले पुर्जी लिएको थियो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस