२०८२ अषाढ १९, बिहिबार

प्रेस चौतारी नेपाल एशोसिएट प्रदेशको दोस्रो पूर्ण बैठक काठमाडौंमा सम्पन्न

प्रेस चौतारी नेपाल एशोसिएट प्रदेशको दोस्रो पूर्ण बैठक काठमाडौंमा सम्पन्न भएको छ ।
प्रेस चौतारी नेपाल एशोसिएट प्रदेशको दोस्रो पूर्ण बैठक काठमाडौंमा सम्पन्न

काठमाडौं, १९ असार / प्रेस चौतारी नेपाल एशोसिएट प्रदेशको दोस्रो पूर्ण बैठक काठमाडौंमा सम्पन्न भएको छ । प्रेस चौतारी नेपाल एशोसिएट प्रदेश अध्यक्ष हरि थापाको अध्यक्षतामा सम्पन्न बैठकमा संगठनका केन्द्र र प्रदेश तहका प्रमुख पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

बैठकमा प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डे, निवर्तमान अध्यक्ष गणेश बस्नेत, उपाध्यक्ष चेतन अधिकारी, उपाध्यक्ष कृपा भण्डारी, महासचिव हिरामान लामा, पत्रकार महासंघका केन्द्रीय सदस्य रामेश्वर कार्की, केन्द्रीय सदस्य पवित्रा मुडवरीलगायतका नेताहरू सहभागी हुनुन्थ्यो ।

बैठकले संगठन सुदृढीकरण, पत्रकारिता क्षेत्रका वर्तमान चुनौतीहरू तथा आगामी कार्ययोजना सम्बन्धी विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेको जनाइएको छ । बैठकलाई प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डे, निवर्तमान अध्यक्ष गणेश बस्नेनेत लगायतले समाचार लेख्दा सत्य, तथ्य र बस्तुनिष्ठ भएर काम गर्न पत्रकारहरूलाई आग्रह गर्नुभयो। उहाँहरुले तथ्यहीन र एकपक्षीय समाचारले समाजमा भ्रम फैलाउने र अराजकता सिर्जना गर्ने बताउनुभयो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस