२० असार काठमाडौँ / जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको ढुंगा लागेर मृत्यु भएको छ । बिहीबार बेलुकी ९ः०० बजे टहरामा सुतिरहेकी १८ वर्षीया शर्मिला बुढा र उनकी बहिनी १४ वर्षीया चमेलीको मृत्यु भएको वडाध्यक्ष वीरबहादुर बुढाले जानकारी दिए ।
नरबहादुर बुढाकी दुई छोरी बाख्रा हेरचाहका लागि भूकम्प प्रभावितका लागि निर्माण भएको अस्थायी टहरामा सुतिरहेको समयमा माथिबाट ढुंगा खसेर लाग्दा दुवै जनाको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष बुढाले जानकारी दिए । घटनास्थलमा प्रहरी पुगिसकेको छ । घटनबारे प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको बताएको छ ।