३१ असार दमौली / घरको बार्दलीबाट खसेर ऋषिङ गाउँपालिका वडा नं ८ निवासी ३८ बर्षिय इन्द्रबहादुर थापाको मृत्यु भएको छ । आफ्नै घरको बार्दलीबाट खसेका थापाको उपचारका क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा मृत्यु भएको हो ।
मृतक थापामा क्षारे रोगको समस्या रहेको थियो । थापा एक्कासी ढलेर घाइते भएका थिए । थापाको टाउकोमा गम्भीर चोट लागेको थियो । घाइते अवस्थामा रहेका थापालाई वडा अध्यक्ष भरतकृष्ण श्रेष्ठले उपचारका लागि एम्बुलेन्समा राखेर पोखरा लगेका थिए ।