२०८२ श्रावण २७, सोमबार

एमालेको परराष्ट्र विभागमा नबस्ने उषाकिरणको घोषणा

एमालेको परराष्ट्र विभागमा नबस्ने उषाकिरणको घोषणा

२६ साउन काठमाडौं / पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी उषाकिरणले नेकपा (एमाले)को परराष्ट्र विभागबाट राजीनामा दिने भएकी छन् । उक्त पदमा आफू नबस्ने जानकारी उनले परराष्ट्र विभाग सचिव रघुवीर महासेठलाई गराएकी हुन् ।

“विभाग प्रमुखलाई आफू नबस्ने जानकारी गराउनुभएको छ । लिखित राजीनामा आइपुगेको छैन,” विभागका एक सदस्यले भने । उनी मदन भण्डारी फाउन्डेसनकी अध्यक्ष हुन् । एमाले पूर्वउपाध्यक्ष विद्या भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णयपछि उनले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेकी थिइन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस