२०८२ श्रावण ३१, शुक्रबार

कुवेतमा विषाक्त मदिरा सेवनले तीन दिनमा ९ नेपालीको मृत्यु

कुवेतमा विषाक्त मदिरा सेवन गरेका कारण ९ जना नेपालीले ज्यान गुमाएका छन् ।
कुवेतमा विषाक्त मदिरा सेवनले तीन दिनमा ९ नेपालीको मृत्यु

३० साउन, काठमाडौं / कुवेतमा विषाक्त मदिरा सेवन गरेका कारण ९ जना नेपालीले ज्यान गुमाएका छन् । अझै केही उपचारकै क्रममा छन् । केहीलाई भने डिस्चार्ज गरिसकिएको त्यहाँस्थित अस्पतालले नेपाली राजदूतावासलाई जानकारी गराएका छन् ।

दूतावासका श्रम सहचारी गिरीप्रसाद आचार्यले अनलाइनखबरलाई दिएको जानकारी अनुसार, मृत्यु हुनेहरूको विवरण संकलन हुँदैछ । मेडिकल रिपोर्ट नआउँदासम्म मृत्युको कारण यकिन गर्न नसकिने उनले बताए ।

‘तीन दिनको बीचमा ९ नेपालीको मृत्यु भएको छ । मेडिकल रिपोर्ट नआउँदासम्म विषाक्त मदिरा वा अन्य के कारण भन्न सकिने अवस्था छैन,’ उनले भने । कुवेतस्थित स्वास्थ्य मन्त्रालयले मेथानोल मदिराका कारण बिरामीहरू धमाधम अस्पताल भर्ना हुने क्रम बढेको उल्लेख गरेको छ ।

नेपाली ९ सहित अन्य एसियाली मुलुकका २३ जनाको मृत्यु भइसकेको स्वास्थ्य मन्त्रालयले तथ्यांक सार्वजनिक गरेको छ । १ सय ६० जनाभन्दा बढी उपचारका क्रममा रहेको मन्त्रालयले जनाएको छ ।

कुवेतस्थित आदान, फर्वनिया र मुबारक अलकबी अस्पतालमा बिरामीहरूको उपचार भइरहेको छ । कुवेतमा मदिरा पूर्णरूपमा प्रतिबन्धित छ । तर, पनि लुकिछुपी हुने उत्पादन गरी अवैधानिक बेचबिखन भएको पाइएको हो । विषाक्त मदिराको स्रोत पत्ता लगाउन अनुसन्धान भइरहेको स्वास्थ मन्त्रालयले जानकारी दिएको छ ।

मिर्गौला फेल भएकाहरूको डायलासिस चलिरहेको, केहीमा पूर्ण र आंशिक दृष्टिदोष देखिएको मन्त्रालयले जनाएको छ । विषाक्त मदिरा सेवन गरेर मृत्यु हुने र गम्भीर बिरामी हुनेमा अधिकांश निर्माण मजदुर रहेका छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस