३० साउन काठमाडौं / नेकपा (एकीकृत समाजवादी)ले वरिष्ठ नेता वामदेव गौतमलाई केन्द्रीय विभाग संयोजन गर्ने जिम्मेवारी दिएको छ । शुक्रबारको सचिवालय बैठकले गौतमलाई विभाग संयोजन गर्ने जिम्मेवारी दिइएको प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए ।
उनलाई आजै तेस्रो वरीयताको वरिष्ठ नेताको हैसियतको रूपमा शपथ खुवाइएको थियो । वामदेवसँग आएका नेताहरूको जिम्मेवारी भने पछि तोकिने जनाइएको छ ।