२०८२ भाद्र १, आईतबार

मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

मुग्लिन–नारायणगढ सडकखण्डको तुइन पुलनजिकै पुनः सडक अवरुद्ध भएको छ ।
मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

१ भदौ काठमाडौं / मुग्लिन–नारायणगढ सडकखण्डको तुइन पुलनजिकै पुनः सडक अवरुद्ध भएको छ । बिहान साढे ९ बजे माथिबाट ढुंगासहितको पहिरो जाँदा आवागमन पूर्णरूपमा अवरुद्ध भएको छ ।

पहिरो हटाउन सडक डिभिजन कार्यालय भरतपुरबाट दुईवटा डोजर सम्बन्धित स्थानमा पुगिसकेको बताइएको छ । माथिबाट थप पहिरो नखसे अबको करिब दुई घण्टाभित्र सडक सुचारु गर्न सकिने कार्यालयले जनाएको छ ।

बिहान पनि सुक्खा पहिरोले उक्त सडकखण्खड अवरुद्ध भएको थियो । सडक सञ्चालनमा आएको केही समयमै पुनः पहिरो गएको हो । वर्षायाममा यस क्षेत्रमा पहिरोको जोखिम उच्च हुने भएकाले बुझेर मात्रै यात्रा गर्न सडक डिभिजन कार्यालय भरतपुरले आग्रह गरेको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस