१० भदौ काठमाडौं / अध्यागमन विभागले मंगलबार एक अमेरिकी नागरिकलाई नियन्त्रणमा लिएको छ । व्यावसायिक भिसामा नेपाल आएका डानियल कर्नीलाई नियन्त्रणमा लिइएको हो । विभागका अनुसार, उनले इसाई धर्मको प्रचार गरेको देखिएको छ । उनीमाथि थप सोधपुछ कार्य भइरहेको विभागले जनाएको छ ।