२०८२ भाद्र ११, बुधबार

एमालेमा केन्द्रीय कमिटी बैठक सार्नेबारे छलफल

नेकपा एमाले ले भदौ १३ गतेका लागि तय गरेको केन्द्रीय कमिटी बैठक सार्ने तयारी गरेको छ ।
एमालेमा केन्द्रीय कमिटी बैठक सार्नेबारे छलफल

१० भदौ काठमाडौँ / नेकपा एमाले ले भदौ १३ गतेका लागि तय गरेको केन्द्रीय कमिटी बैठक सार्ने तयारी गरेको छ । यद्यपि अहिलेसम्म केन्द्रीय सदस्यहरूलाई सूचना भने पठाइसकेको छैन ।

दोस्रो विधान महाधिवेशनको राजनीतिक, सांगठनिक र विधान संशोधन प्रस्ताव पारित गर्न एमालेले शुक्रबार बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासलमा बैठक आह्वान गरेको थियो ।

तर केन्द्रीय सदस्यहरूले विधान महाधिवेशनको अघिल्लो दिन नै बैठक राख्दा सजिलो हुने सुझाव दिइरहेको केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

‘अहिलेसम्म बैठक स्थगित भएको त छैन तर केन्द्रीय सदस्यहरूले भदौ १३ गते पनि आउने र विधान महाधिवेशनका लागि पनि आउँदा दोहोरो पर्ने भनिराख्नुभएको छ । भदौ १९ गते बैठक राख्ने र दस्तावेजत पारित गर्ने हो भने आफूहरूलाई सजिलो पर्ने उहाँहरूको राय छ,’ उनले भने ।

एमालेले विधान संशोधन प्रस्तावमाथि सुझाव पठाउन मंगलबार बेलुकासम्मको समय दिएको छ । बुधबार र बिहीबार ती सुझावलाई दस्तावेजीकरण गर्न नभ्याइने भएकाले पनि बैठक सार्नु उपयुक्त हुने कतिपय सदस्यको धारणा रहेको गौतमले बताए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस