२०८२ भाद्र ११, बुधबार

रविको मुद्दा न्यायाधीश विष्टको इजलासमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दा न्यायाधीश सागर विष्टको इजलासमा परेको छ ।
रविको मुद्दा न्यायाधीश विष्टको इजलासमा

११ भदौ बुटवल / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दा न्यायाधीश सागर विष्टको इजलासमा परेको छ । सोमबार सहकारी ठगी प्रकरणमा बिगो बुझाएर रिहा गर्न मागसहित उच्च अदालत बुटवलमा दायर मुद्दा न्यायाधीश विष्टको एकल इजलासमा परेको हो ।

अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले आज लामिछानेको मुद्दा न्यायाधीश विष्टको एकल इजलासको परेको जानकारी दिए । कुँवरले लामिछानेको निवेदनको तर्फबाट आज बहस हुनसक्ने बताए ।

लामिछाने पत्नी निकिताले सोमबार श्रीमानको तर्फबाट उच्च अदालत बुटवलमा बिगो तोके बराबरको बैंक जमानत लिएर जेल बाहिरबाटै मुद्दा लड्न दिनुपर्ने मागसहित रिट दायर गरेकी थिइन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस