२०८२ भाद्र २३, सोमबार

कान्तिपुरका भिडिओ पत्रकार श्रेष्ठलाई लाग्यो रबरको गोली

बानेश्वर क्षेत्रमा कान्तिपुरका भिडिओ पत्रकार श्याम श्रेष्ठलाई गोली लागेको छ ।
कान्तिपुरका भिडिओ पत्रकार श्रेष्ठलाई लाग्यो रबरको गोली

२३ भदौ काठमाडौँ / बानेश्वर क्षेत्रमा कान्तिपुरका भिडिओ पत्रकार श्याम श्रेष्ठलाई गोली लागेको छ । जेन–जीको प्रदर्शनमा भिडिओ खिचिरहेका श्रेष्ठलाई रबरको गोली लागेको कान्तिपुरले जानकारी दिएको छ ।

उनको अहिले सिभिल अस्पतालमा उपचार भइरहेको छ । जेन–जीको प्रदर्शनका कारण बानेश्वर क्षेत्र अस्तव्यस्त बनेको छ । माइतीघर–तीनकुने मुख्य सडक र भित्री सडक प्रदर्शनकारीले भरिएका छन् । केही बेरअघि प्रदर्शनकारी संसद भवनभित्रै प्रवेश गरेर तोडफोड गरेका थिए । त्यसपछि उनीहरूले संसद भवनको दुई नम्बर गेटमा आगो लगाएका थिए । प्रदर्शनकारीले लगाएको आगो अहिलेसम्म नियन्त्रणमा आएको छैन ।

प्रदर्शनकारीलाई नियन्त्रणमा लिन सकस भएपछि प्रशासनले संसद भवन आसपासका क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । तर प्रदर्शनकारीले सडक छाडेका छैनन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस