२०८२ मंसिर १६, सोमबार

लगातार वर्षापछि तिनाउमा बाढी, तटीय क्षेत्रमा जोखिम

पछिल्लो तिनदेखि परेको वर्षाले बुटवलको तिनाउ नदीको जलसतह बढेको छ ।
लगातार वर्षापछि तिनाउमा बाढी, तटीय क्षेत्रमा जोखिम

१ असोज काठमाडौँ / पछिल्लो तिनदेखि परेको वर्षाले बुटवलको तिनाउ नदीको जलसतह बढेको छ । बुटवलसँगै तिनाउको मुहान रहेको पाल्पामा मंगलबार रातिदेखि निरन्तर वर्षा हुँदा तिनाउमा बाढी आएको छ ।

तिनाउमा बुधबारको जलसतह यस बर्षकै सबभन्दा उच्च हो । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार तिनाउ नदिको आसपासका बस्तीहरुमा बाढिको जोखिम बढेको छ ।

पाल्पा तथा सिद्धबाबा क्षेत्रमा ठूलो पानी आउँदा तिनाउमा एक्कासि जलसतह बढ्ने गर्दछ । बुधबार बुटवलसँगै पाल्पा क्षेत्रमा पानी परिरहेको र दिनभरि नै ठूलो पानी पर्न सक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन प्रहरीले आग्रह गरेको छ ।

तिनाउ नदीको वारिपारि किनारमा रहेका बासिन्दा हरेक वर्ष बाढीको उच्च जोखिममा रहने गर्दछन् । तिनाउ तटीय क्षेत्र पुरानो बसपार्क, सुन्दरनगर, मजुवा, बिनापाते, हात्तिसुढ, माझगाउँ लगायतका बस्तीमा सयौं परिवार बाढीको जोखिममा रहेका छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस