२०८२ आश्विन २, बिहिबार

खुला आकाशमुनि पाल राखेर शुरु भयो सर्वोच्चमा सुनुवाइ

खुला आकाशमुनि पाल राखेर शुरु भयो सर्वोच्चमा सुनुवाइ

२ असोज, काठमाडौं / बिहान साढे ११ बजे, घाम चर्किंदै थियो । गएरातिको झरीले भुईंमा पानीको आहाल बनेको थियो । आगजनीपछिको धुलो र पानी मिसिँदा कालो हिलोको नराम्रो गन्ध पालभित्र फैलियो ।

अदालतका कर्मचारीहरूले अगाडी एउटा कुर्सी र टेबल, छेवैमा अर्को सानो कुर्सी र टेबुल अनि ठिक सामुन्ने एउटा कुर्सी र टेबुल राखेका थिए । पछाडीपट्टि लहरै तीनवटा बेञ्च मिलाएर राखिएको थियो ।

सर्वोच्च अदालतको क्यान्टिनको सामुन्ने खडा गरिएको पालभित्र हप्प गर्मी थियो । करिब साढे ११ बजेतिर अधिवक्ता विरेन्द्र पाठक पसिना पुछ्दै त्यही पालभित्र छिरे अनि मुद्दाको फाइल पढ्न थाले ।

करिब पौने ११ बजेतिर एक सहयोगीका साथ न्यायाधीश सपना प्रधान मल्ल पालभित्र छिरिन् । अदालतका कर्मचारीहरू र कानून व्यवसायी जर्‍याकजुरुक उठे र उनलाई नमस्कार गरे । पालबाहिर रमिता हेर्नेको ताँती थियो । त्यसपछि उनले पालभित्रै बसेर मुद्दाको सुनुवाइ थालिन् ।
२४ भदौको आगजनीपछि खरानी बनेको सर्वोच्च अदालतले ९ दिनपछि सांकेतिक रुपमा भएपनि न्यायिक कामकारबाही शुरु भएको हो ।

आगजनीबाट बचेका केही कुर्सी र टेबुलहरू र एउटा त्रिपालको जोहो गरेर सर्वोच्च अदालतले खुला आकाशमा खडा गरिएको पालभित्र इजलास चलाएको हो ।

सामग्रीहरू जसरी जोरजाम गरिएको थियो कि त्यही बेला बेसरी पानी परेको भए इजलासमा रहेका न्यायाधीश र कागजात नै झरी र बाछिटाले भिज्ने अवस्था थियो । आधाजस्तो ह्वाङ्ग बनेको इजलासमा दुईतिरबाट खटिएका सुरक्षाकर्मीहरूले जसोतसो सुरक्षा दिइरहेका थिए ।

यो पनि

ताजा अपडेट

१७ घण्टा अघि

सुनको मूल्य घट्यो

यो साताको प्रचलित

खोजी गर्नुहोस