२०८२ आश्विन २, बिहिबार

चिनियाँ राजदूतले प्रधानमन्त्री कार्कीलाई भेटेर दिए बधाई

चिनियाँ राजदूतले प्रधानमन्त्री कार्कीलाई भेटेर दिए बधाई

२ असोज, काठमाडौंँ / नेपालका लागि चिनियाँ राजदूत चेन सोङले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर बधाई तथा शुभकामना दिएका छन् ।
काठमाडौंस्थित चिनियाँ दूतावासले बिहीबार राजदूत सोङले प्रधानमन्त्री कार्कीलाई भेटेको जानकारी दिएको हो ।

भेटमा राजदूत सोङले प्रधानमन्त्रीमा नियुक्त भएकोमा शुभकामना तथा बधाई दिँदै चिनियाँ सहयोगको प्रतिबद्धता जनाएका थिए । साथै भेटमा आपसी दृष्टिकोण आदानप्रदान गर्दै मित्रता र सहकार्यलाई अझ प्रगाढ बनाउनेबारे दुवै पक्ष सहमत भएको चिनियाँ दूतावासले उल्लेख गरेको छ । जेनजी आन्दोलनपछि कार्की गत २७ भदौमा अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी थिइन् ।

यो पनि

ताजा अपडेट

१७ घण्टा अघि

सुनको मूल्य घट्यो

यो साताको प्रचलित

खोजी गर्नुहोस