२०८२ आश्विन ३, शुक्रबार

सानेपामा कांग्रेस केन्द्रीय समिति बैठक

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको छ ।
सानेपामा कांग्रेस केन्द्रीय समिति बैठक

३ असोज काठमाडौँ / नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको छ । शुक्रबार उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा केन्द्रीय कार्यसमिति बैठक बसेको हो । सभापति शेरबहादुर देउवा बैठकमा अनुपस्थित छन् ।

भदौ २४ गते जेनजी पुस्ताको आन्दोलनका क्रममा बूढानीलकण्ठस्थित घरमै रहेका सभापति देउवा दम्पतीमाथि आक्रमण भएको थियो । सभापति देउवा दम्पतीको उपचार भइरहेको छ ।

सभापति देउवाले संविधान दिवसमा विज्ञप्ति निकालेर शुभकामना भने दिएका थिए । भदौ २४ गते आन्दोलनकारीहरूले कांग्रेस केन्द्रीय कार्यालय भवनमा पनि आगजनी गरेका थिए । आगजनी भएको भवनमै पहिलो पटक केन्द्रीय कार्यसम्पादन समिति बैठक बसेको हो ।

कांग्रेसले दिउँसो २ बजे पत्रकार सम्मेलन गरी निर्णय जानकारी गराउने भएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस