२०८२ आश्विन ३०, बिहिबार

नेपाली क्रिकेट टोली भोलि यूएई प्रस्थान गर्ने, भिसाको प्रक्रिया आज टुंगिने

नेपाली क्रिकेट टोली भोलि यूएई प्रस्थान गर्ने, भिसाको प्रक्रिया आज टुंगिने

५ असोज काठमडौँ /  वेस्ट इन्डिजसँग शनिबारदेखि सुरु हुने टी–२० आई सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली भोलि सोमबार यूएई प्रस्थान गर्ने तयारी भएको छ ।

नेपालको पछिल्लो परिस्थितिका कारण यूएईले एकसातापछि मात्रै भिसा दिने निर्णयमा पुगेको हो । यसअघि आवेदन दिएको दोस्रो दिनमै भिसा स्वीकृत गर्ने गरेको भएपनि यसपटक ढिलाई भएको हो ।

भिसामा ढिलाई भएपछि नेपाल क्रिकेट संघ (क्यान) ले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) र यूूएई क्रिकेट बोर्डमार्फत पहल गरेको थियो । नेपालि क्रिकेट टिमका म्यानेजर विनोद दासले भिसाको प्रक्रिया आजै टुंगिने र टोली सोमबार युएई प्रस्थान गर्ने तयारी भएको जानकारी दिए ।

नेपालले सारजाहमा पहिलोपटक टेस्ट राष्ट्रसँग टी–२० आई सिरिज खेल्न लागेको हो । सेप्टेम्बर २७, २९ र ३० मा हुने सिरिजका लागि दुवै राष्ट्रले आ–आफ्नो टोली घोषणा गरिसकेका छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस