२०८२ आश्विन ३०, बिहिबार

नेपालले जित्यो मलेसिया विरूद्धको महिला टी–२० सिरिज

नेपालले अन्तिम खेलमा मलेसियालाई पराजित गर्दै नेपाली महिला टोलीले टी–२० अन्तर्राष्ट्रिय शृंखला जितेको छ । ‍
नेपालले जित्यो मलेसिया विरूद्धको महिला टी–२० सिरिज

२२ असाेज काठमाडाैँ / नेपालले अन्तिम खेलमा मलेसियालाई पराजित गर्दै नेपाली महिला टोलीले टी–२० अन्तर्राष्ट्रिय शृंखला जितेको छ । ‍ पाँच खेलको सिरिज अन्तर्गत बुधबार बिहान भएको अन्तिम खेलमा मलेसियालाई ५ विकेटले हराउँदै नेपालले ३–२ले सिरिज आफ्नो पक्षमा पारेको हो ।

नेपालले १०४ रनको लक्ष्य ६ विकेट गुमाएर पूरा गर्‍यो । शृंखलाको चौथो खेलमा नेपाल ६ विकेटले विजयी भएको थियो । पहिलो खेलमा तीन रनले पराजित हुँदा दोस्रो खेलमा पनि ६ विकेटले हराएको थियो । तेस्रो खेलमा भने नेपाल १३ रनले पराजित भएको थियो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस