२४ असोज काठमाडौँ / आईसीसी टी–२० विश्वकप एसिया इस्ट प्यासिफिक छनोटअन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालविरुद्ध जापानले पहिले ब्याटिङ गर्ने भएको छ ।
ओमानको एल एमिरेट क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि जापानले पहिले ब्याटिङ गर्ने भएको हो । यसअघि नै सुपर सिक्समा पुगिसकेका नेपाल र जापान आजको खेलमा जित निकाल्दै समूह विजेता बन्ने लक्ष्यमा छन् ।