२०८२ आश्विन ३०, बिहिबार

इजिप्टमा कार दुर्घटना तीन कतारी कूटनीतिज्ञको मृत्यु

इजिप्टमा कार दुर्घटना तीन कतारी कूटनीतिज्ञको मृत्यु

२६ असोज, काठमाडौं /  इजिप्टको प्रसिद्ध रिसोर्ट शहर शर्म अल–शेख नजिक आइतबार भएको कार दुर्घटनामा तीन कतारी कूटनीतिज्ञको मृत्यु भएको छ । दुर्घटनामा थप दुई घाइते भएका छन् ।

सुरक्षा सूत्रका अनुसार, ती कूटनीतिज्ञको कार शहरबाट करिब ५० किलोमिटर टाढा एक मोडमा पल्टिएको थियो । यो दुर्घटना सोमबार इजिप्टमा आयोजना हुँदै गरेको गाजा शान्ति योजनाका अन्तिम वार्ताका एक दिनअघिको घटना हो ।

तर अहिलेसम्म मृत कूटनीतिज्ञहरू कतारको ती वार्ता टोलीको सदस्य रहेको बारे केही स्पष्ट भएको छैन । कतारी कुटनीतिज्ञहरूको एक टोली अहिले इजिप्टका अधिकारीहरूसँग मिलेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा योजनाको पहिलो चरणका लागि वार्तामा छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस