२६ असोज, काठमाडौं / आईसीसी टी–२० विश्वकप एसिया एण्ड ईएपी छनोट अन्तर्गत सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपालले यूएईविरुद्ध टस जितेको छ । ओमानको अल अमारेत ग्राण्डमा हुने खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको हो । खेल नेपाली समयअनुसार सवा ४ बजे सुरु हुनेछ ।
युएईविरुद्ध खेल्ने नेपालको टोलीमा यसअघिकै खेलाडी सहभागी छन् । पहिलो रोजाइमा कुनै परिवर्तन गरिएको छैन । समूह चरणमा जापानविरुद्ध खेलेको नेपाली टोली नै युएई विरुद्ध मैदान उत्रने छन् ।