२८ असोज, काठमाडौं / नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकका लागि नेताहरू पार्टी कार्यालय पुग्न थालेका छन् । जेनजी आन्दोलनमा आगजनी भएको पार्टी कार्यालयमै बैठक बस्न लागेको हो ।
बैठकका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रहरीहरूको बाक्लो उपस्थिति छ । कार्यालय प्रवेश गर्ने मुख्य ढोका भन्दा बाहिर नै भित्र प्रवेश गर्नेहरूलाई प्रहरीले जाँच गरेको छ । सञ्चारकर्मीहरूलाई पनि सूचना विभागको पासको आधारमा प्रवेशको व्यवस्था मिलाइएको छ ।
नेताहरूका गाडीलाई बाहिर राखिएको छ । बाहिरै ओर्लिएर नेताहरू हिँडेर कार्यालय प्रवेश गरेका छन् । आजको बैठकमा सभापति शेरबहादुर देउवा पनि उपस्थित हुने तयारी छ ।