२०८२ आश्विन ३०, बिहिबार

गणेश साहले छाडे माओवादी केन्द्र

नेकपा माओवादी केन्द्रका नेता गणेश साहले नेकपा माओवादी केन्द्र छाडेको घोषणा गरेका छन् ।
गणेश साहले छाडे माओवादी केन्द्र

३० असोज, काठमाडौं / नेकपा माओवादी केन्द्रका नेता गणेश साहले नेकपा माओवादी केन्द्र छाडेको घोषणा गरेका छन् । हिमालय टेलिभिजनको कार्यक्रम ‘समय सन्दर्भ’मा बोल्दै उनले आफू ७५ वर्ष पुगिसकेको र जेनजी आन्दोलनको सकारात्मक पक्षलाई ख्याल गर्दै ‘राजनीतिबाट अवकाश’ लिएको बताए ।

योसँगै माओवादी केन्द्र समेत छाडेको बताउँदै उनले भनेका छन्, ‘अब म माओवादीको नेता रहिनँ, सदस्य पनि रहिनँ ।’ साह भंग भएको माओवादी केन्द्रीय समितिमा सचिव पदमा थिए । पूर्व विज्ञानमन्त्री समेत रहेका उनी एकता प्रक्रियाबाट माओवादी केन्द्रमा आएका थिए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस