
२२ कार्तिक काठमाडौं / नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले खेल्न पाउँनुपर्ने मागसहित प्रदर्शन गरेको नेपाल फुटबल खेलाडी संघप्रति समर्थन जनाएको छ ।
शुक्रबार संघले आफ्नो ऐक्यबद्धता जनाउँदै नेपाल फुटबल खेलाडी संघले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई दिएको दबाब कार्यक्रमलाई समर्थन जनाएको हो ।
“खेल्न पाउनुपर्छ भन्दै नेपाल फुटबल खेलाडी संघको आह्वानमा बिहीबार (कात्तिक २०) एन्फाविरुद्ध भएको धर्ना प्रदर्शनमा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको ऐक्यबद्धता रहेको छ,” संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।