
७ मंसिर, विराटनगर / नेकपा एमालेका नेता सुनसरीको इटहरीमा आएपछि जेनजीहरुले सुनसरीको दुहबीमा प्रदर्शन गरेका छन् । महेश बस्नेत र एमाले नेता भानुभक्त ढकाल सवार भएको गाडी क्रस भइसकेपछि दुबहीमा स्थानीय युवाहरुले टायर बालेर प्रदर्शन गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी चन्द्र खड्का अनुसार सडकमा बालिएको आगो प्रहरीले क्लियर गरिसकेको छ । ‘उहाँहरु क्रस भइसकेपछि टायर बालिएको थियो’, उनले भने, ‘ प्रहरीले क्लियर गरिसकेको छ ।’