
७ मंसिर काठमाडौँ / प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा भएको छ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको नेसपा (नयाँ शक्ति), तत्कालीन माओवादी केन्द्र छाडेका जर्नादन शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका सन्तोष परियार लगायतले मिलेर आज नयाँ पार्टी घोषणा गरेका हुन् ।
राष्ट्रिय सभागृहमा आयोजित एकता घोषणा कार्यक्रममा पूर्वप्रधानमन्त्री भट्टराई लगायतका नेताहरूले पार्टीको नयाँ घण्टा अनवरण गर्दै पार्टी एकताको घोषणा गरेका हुन् ।