२०८२ मंसिर १२, बिहिबार

निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने समय आज सकिदै

निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने समय आज सकिदै

१० मंसिर, काठमाडौं / २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने समय आज सकिदै छ । १ मंसिरमा निर्वाचन प्रयोजनका लागि दल दर्ता खुलेको थियो । हिजोसम्म ८० वटा दलले दल दर्ता गरिसकेका छन् । आजसम्म दल दर्ता गर्ने दलले आगामी फागुन २१ मा हुने चुनावमा भाग लिन पाउँछन् ।

पहिलो हुने निर्वाचन प्रणाली तर्फको निर्वाचन कार्यक्रम अनुसार आगामी ६ माघमा उम्मेदवारको मनोनयन पत्र दर्ताको समय छ । सोही दिन बेलुका उम्मेदवारको सूची प्रकाशन हुनेछ । मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिने दिन ७ माघमा हुनेछ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस