२०८२ मंसिर १८, बुधबार

मधेश प्रदेशसभा बैठक

२ बजेको लागि सर्‍यो मधेश प्रदेशसभा बैठक

२ बजेको लागि सर्‍यो मधेश प्रदेशसभा बैठक

१७ मंसिर,काठमाडाैँ  / मधेश प्रदेश सभाको बैठक २ बजेको लागि सारिएको छ । मुख्यमन्त्री सरोज कुमार यादवले २ बजे मात्र विश्वासको मत लिने भने पछि बैठक सारिएको हो ।

प्रदेश सभा सचिवालयले विश्वासको मत लिन बुधबार बिहान साढे ८ बजेका लागि बैठक बोलाएको थियो । ढिलो गरी बैठक सुरु गरे पनि मुख्यमन्त्री यादवसहित एमाले सांसदहरू बैठकमा उपस्थित नभएपछि बैठक उपसभामुख बबिता कुमारी राउत ईशरले दिउँसो २ बजेसम्मका लागि स्थगित गरेकी हुन् ।

मुख्यमन्त्री यादवले दिउँसो २ बजे विश्वासको मत लिने वातावरण बनाइदिन प्रदेश सभा सचिवालयलाई पत्र पठाएका थिए । तर हिजो साँझ बसेको सर्वदलीय बैठक र कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलहरूले आज बिहान ८ः३० बजे प्रदेश सभा बैठक राख्ने सहमति गरेका थिए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस