
१८ मंसिर,काठमाडौँ/ नेकपा एमालेले आउदैँ गरेको ११औं राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ ।
एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेतृत्व चयन प्रक्रिया छिटो छरितो बनाउन यसपटक पनि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने बताए। एमालेले यसअघि चितवनमा सम्पन्न १०औं राष्ट्रिय महाधिवेशनमा पनि विद्युतीय भोटिङ मेसिन प्रयोग गरेको थियो।
एमालेले २५१ केन्द्रीय सदस्य चयनका लागि टेन्डर आह्वान गर्दै विद्युतीय भोटिङ मेसिनबाट मतदान गर्ने निर्णय गरेको हो ।महाधिवेशनले यसपटक एमालेमा १५ पदाधिकारीसहित २५१ केन्द्रीय कमिटी चयन गर्नेछ । एमाले महाधिवेशनमा करिब २२ सय प्रतिनिधि सहभागी हुनेछन्।
एमाले महाधिवेशन यही २७ देखि २९ मंसिरमा काठमाडौँमा हुँदै छ। महाधिवेशनको बन्दसत्र भने भृकुटीमण्डपमा हुनेछ ।