
माघ १५, काठमाडौं / राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य उपकरण खरिद गर्दा ७ करोड ३१ लाख ८२ हजार ९८५ रूपैयाँ भ्रष्टाचार गरेको आरोपमा तत्कालीन उपकुलपति प्राध्यापक डा. संगीता भण्डारीसहित २० जना विरूद्ध बिहीबार भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको हो। अख्तियार प्रवक्ता सुरेश न्यौपानेका अनुसार प्रतिष्ठानमा सिटी स्क्यान खरिद गर्दा ७ करोड ३१ लाख ८२ हजार ९८५ रूपैयाँ भ्रष्टाचार भएको फेला परेको हो ।