
माघ १९, काठमाडौं / आर्थिक वर्ष २०२६ को बजेट अनुसार भारत केन्द्र सरकारले युवालाई डिजिटल कन्टेन्ट निर्माण, विशेषगरी रील बनाउने सीप सिकाउन विद्यालय तथा कलेजस्तरमै कन्टेन्ट क्रिएसन ल्याब स्थापना गर्ने भएको छ । आर्थिक वर्ष २०२६ को बजेट प्रस्तुत गर्दै वित्तमन्त्री निर्मला सीतारमणले १५ हजार माध्यमिक विद्यालय र ५०० कलेजमा कन्टेन्ट क्रिएटर ल्याब स्थापना गर्ने घोषणा गरेकी हुन् ।