
माघ २२, सर्लाही / सर्लाहीको लालबन्दीस्थित एक लघुवित्त वित्तिय संस्थामा कर्मचारीमाथि छुरा प्रहार गरी लुटपाट भएको छ । बिहीबार दिउँसो अज्ञात समूहले वित्तिय संस्थाभित्र प्रवेश गरेर लुटपाट गरेको हो । छुरा प्रहारबाट भने केही कर्मचारीहरु घाइते भएका छन् । इलाका प्रहरी कार्यालय लालबन्दीका इन्सपेक्टर वीरेन्द्र सिंह जोखारीका अनुसार, आज दिउँसो ५–६ जनाको समूह कार्यालय भित्र प्रवेश गरी कर्मचारीलाई कोठामा बन्द गरेर लुटपाट गरेको र अहिले सो स्थानमा प्रहरी पुगेर थप अनुसन्धानको काम अघि बढाएको छ ।