
माघ २५, काठमाडौं / नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कर्णालीका पूर्वमुख्यमन्त्री राजकुमार शर्मालाई कारबाही प्रक्रिया अघि बढाएको छ । कर्णाली प्रदेशसभा सदस्य रहेका शर्मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को चुनावी प्रचारमा संलग्न भएपछि नेकपाले सांसद पदबाट हटाउँदै पार्टीबाट निष्कासनको प्रक्रिया अघि बढाएको हो ।
नेकपा प्रदेश कमिटीले शर्मा प्रलोपाको चुनावी गतिविधिमा संलग्न रहेको भन्दै कारबाहीको सिफारिस गरेको थियो । उक्त सिफारिसअनुरूप गत माघ २२ गते नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव नेपालले शर्मासँग लिखित स्पष्टीकरण मागेका छन् ।
पूर्वमुख्यमन्त्री शर्मालाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न भनिए पनि आइतबार सम्म जवाफ नआएपछि पार्टीबाटै निष्कासनको कारबाही गर्ने तयारी भएको हो ।