२०८३ बैशाख १७, बिहिबार

मृत फेला

शिवरात्रीको भोलिपल्ट पशुपतिमा एक युवक मृत फेला

शिवरात्रिको भोलिपल्ट पशुपतिनाथ मन्दिर परिसरमा एक युवक मृत फेला परेका छन्।
शिवरात्रीको भोलिपल्ट पशुपतिमा एक युवक मृत फेला

फाल्गुन ८, काठमाडौँ/शिवरात्रिको भोलिपल्ट पशुपतिनाथ मन्दिर परिसरमा संखुवासभा घर भएका २५ वर्षीय सन्तोष गिरी मृत फेला परेका छन्। उनको शरीरमा निलडाम र चोटपटक देखिएपछि घटनालाई संकास्पद मान्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ। शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ।

प्रहरी स्रोतका अनुसार घटनामा एक ‘बाबा’ संलग्न भएको आशंका छ। शिवरात्रिका बेला मोबाइल हराएको भन्दै ती बाबाले गिरीमाथि चोरीको आरोप लगाएका थिए। बाबाले गिरीलाई नियन्त्रणमा लिएर यातना दिएको र त्यसपछि मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान छ। घटनामा संलग्न भनिएका बाबा फरार रहेका छन् भने प्रहरीले खोजी कार्य तीव्र पारेको छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस