
धादिङ, भदौ २२ । धादिङको गजुरी गाउँपालिका अन्तर्गत पर्ने परेवाटारस्थित पृथ्वी राजमार्ग ८ दिनपछि पुनः सञ्चालनमा आएको छ। भदौ १४ गते त्रिशूली नदीले सडक कटान गरेपछि उक्त खण्ड पूर्ण रूपमा अवरुद्ध भएको थियो।
सडक मर्मत तथा ग्राभेल कार्य सम्पन्न भएपछि सोमबार साँझदेखि दुवैतर्फ सवारी साधन सञ्चालनमा ल्याइएको हो। साइड इन्जिनियर विष्णु श्रेष्ठका अनुसार चार वटा डोजर, स्काइभेक्टर लगायतका भारी उपकरण तथा प्राविधिक टोलीको निरन्तर प्रयासपछि सडक सञ्चालन योग्य बनाइएको हो।
परेवाटार खण्डमा यातायात सञ्चालन सुरु भए पनि पृथ्वी राजमार्ग अन्तर्गतकै कृष्णभिर क्षेत्रमा भासिएको सडक पूर्ण रूपमा सुचारु हुन अझै ३ देखि ४ दिन लाग्ने प्राविधिकहरूले बताएका छन्।
https://www.facebook.com/share/v/1DR61VkbYt/
प्रहरी नायव निरीक्षक सुरज कार्कीले कृष्णभिर खण्ड अझै जोखिमपूर्ण रहेकाले यात्रु तथा सवारी चालकलाई सावधानी अपनाएर मात्र यात्रा गर्न अनुरोध गरेका छन्। कृष्णभिर सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा नआएसम्म पृथ्वी राजमार्गमा यातायात सहज हुन नसक्ने जनाइएको छ।
https://www.facebook.com/share/v/1LXkZvDSD1/