२०८३ भाद्र २४, बुधबार

बाढीपछि ग्यास अभाव, राहतमा ढिलाइ र बढ्दो जनआक्रोश : सरकारमाथि उत्तरदायित्वको प्रश्न

बाढीपछि ग्यास अभाव, राहतमा ढिलाइ र बढ्दो जनआक्रोश : सरकारमाथि उत्तरदायित्वको प्रश्न

२४ भाद्र,काठमाडौं । भोटेकोशी–त्रिशूली क्षेत्रमा भाद्र १० र १४ गते आएको विनाशकारी बाढीपछि राजधानी काठमाडौंसहित विभिन्न जिल्लामा ग्यास तथा अत्यावश्यक वस्तुको आपूर्तिमा समस्या देखिएको छ। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभिर खण्ड क्षतिग्रस्त भएपछि मुख्य आपूर्ति मार्ग अवरुद्ध हुँदा राजधानीमा एलपी ग्यास अभाव चुलिएको हो। वैकल्पिक मार्गबाट आपूर्ति भइरहे पनि मागअनुसार उपलब्ध गराउन नसकिएको सम्बन्धित निकायले जनाएको छ।
बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ लगायतका क्षेत्रमा हजारौं परिवार अझै पुनःस्थापनाको प्रतीक्षामा रहेका छन्। खोज तथा उद्धार कार्य जारी रहे पनि धेरै परिवारले आफन्त गुमाएको पीडा भोगिरहेका छन्। बाढीले हजारौं घरधुरी र पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको सरकारी तथ्यांकले देखाएको छ।
यसबीच नागरिक स्तरबाट सरकारको विपद् व्यवस्थापन क्षमता, राहत वितरणको गति र आपूर्ति व्यवस्थापनबारे प्रश्न उठ्न थालेका छन्। उपभोक्ताले ग्यास, खाद्यान्न तथा दैनिक उपभोग्य वस्तु सहज रूपमा नपाउँदा जनआक्रोश बढ्दै गएको छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस