२०८३ कार्तिक ७, शुक्रबार

साताको अन्त्यमा धेरै स्थानमा हिमपातको सम्भावना, सतर्क रहन आग्रह

साताको अन्त्यमा धेरै स्थानमा हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं । साताको सुरु र मध्यमा एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ। साताको अन्त्यमा भने धेरै स्थानमा मध्यमसम्मको हिमपात हुने सम्भावना रहेको छ।
सम्भावित मौसमी अवस्थाअनुसार साताको अन्त्यमा थोरै स्थानमा भारी तथा एक–दुई स्थानमा धेरै भारी हिमपात हुन सक्ने अनुमान गरिएको छ।
हिमपातका कारण हिमाली क्षेत्रमा जनजीवन, यातायात तथा आवागमन प्रभावित हुन सक्ने भएकाले सम्बन्धित क्षेत्रका बासिन्दा तथा यात्रुहरूलाई आवश्यक सतर्कता अपनाउन सुझाव दिइएको छ।
सम्भावित मौसम परिवर्तनलाई ध्यानमा राख्दै यात्रा गर्नुअघि मौसमको अद्यावधिक जानकारी लिनु उपयुक्त हुनेछ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस